बंगलादेशमा जारी त्रिकोणीय टी-२० सिरिज अन्तर्गत गएराती खेलिएको अफगानिस्तान र जिम्बाबेबीचको खेलमा लगातार ७ छक्का प्रहार गर्दै अफगानिस्तानका दुई ब्याट्सम्यानले नयाँ किर्तिमान बनाएका छन् ।


यस अघि पटक पटक ६ बलमा ६ छक्का हानेको देखिएको भएपनि क्रिकेटको इतिहासमा पहिलो पटक ७ बलमा ७ छक्का प्रहार भएको छ ।
यस्तो किर्तिमान अफगानिस्तानका ब्याट्सम्यान नाजिबुल्लाह जर्दान र मोहमद नावीले बनाएका हुन् । खेलको १७ र १८औ ओभरमा दुवै ब्याट्सम्यानले लगातार ७ बलमा ७ छक्काको अनौठो किर्तिमान बनाए । १७औ ओभरको तेस्रो, चौथो र पाँचौ र छैठौ बलमा नावीले छक्का प्रहार गरेका थिए । यस पछि नाजिबुल्लाहले १८औ ओभरको शुरुका तीन बलमा तीन छक्का प्रहार गरेका थिए ।
नावी र नाजिबुल्लाह मिलेर ४० बलमा १०७ रन बनाएका थिए । नावीले १८ बलमा ३८ रन बनाए भने नाजिबुल्लाहले ३० बलमा ६९ रन बनाए ।
अन्तर्राष्ट्रिय क्रिकेटमा पाँचौ विकेटका लागि नावी र नाजिबुल्लाहको यो दोस्रो उच्च साझेदारी हो । यस अघि पाकिस्तानका शोएब मल्लिक र मिस्बाह उलहकले २००७ मा अस्ट्रेलियाको विरुद्ध ११९ रनको साझेदारी गरेका थिए ।
अफगानिस्तानले २० ओभरमा ५ विकेट गुमाउदै १९७ रन बनायो भने जवाफमा जिम्बाबेले २० ओभरमा ७ विकेट गुमाउदै १६९ रन बनाएपछि अफगानिस्तान २८ रनले विजयी भयो ।

.gif)

सम्बन्धित समाचार
बंगलादेशमाथि अफगानिस्तानको कीर्तिमानी जित

काठमाडौँ । बंगलादेशमा जारी त्रिकोणीय सिरिजमा अफगानिस्तानले कीर्तिमानी जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा अफगानिस्तानले बंगलादेशलाई २५ रनले पराजित गर्दै अहिलेसम्म अन्तर्राष्ट्रिय टी-२० क्रिकेटमा धेरै खेलमा अपराजित हुने अस्ट्रेलियाको
पाकिस्तानको कप्तानमा शरफराजको निरन्तरता, आजम बने उपकप्तान

काठमाडौँ । पकिस्तान क्रिकेट बोर्डले विश्वकपमा खराब प्रदर्शनका बाबजुद शरफराज अहमदलाई कप्तान कायम राहेको छ । श्रीलंकाविरुद्धको एकदिवसीय तथा टी-२० सिरिजका लागि शरफराजलाई कप्तान घोषणा गरेको हो । त्यस्तै बोर्डले पाकिस्तानका
कप्तान राठले छोडे हङकङ क्रिकेट, भारतबाट खेल्ने योजना

काठमाडौँ । हङकङ राष्ट्रिय टिमका कप्तान अंशुमन राठले हङकङबाट नखेल्ने घोषणा गरेका छन् । २१ बर्षिय क्रिकेटर राठले भारतबाट क्रिकेट खेल्ने बताउदै हङकङ क्रिकेट छोडेको घोषणा गरेका हुन् । राठले सो
वेस्टइन्डिजले दुवै कप्तानलाई हटायो, पोलार्ड बने नयाँ कप्तान

काठमाडौँ । भारतसँगको टी-२०, एकदिवसीय र टेस्ट सिरिजमा हार बेहोरेपछि वेस्टइन्डिज क्रिकेटमा ठुलो फेरबदल गरिएको छ । वेस्टइन्डिज क्रिकेट बोर्डले एकदिवसीय कप्तान जेसन होल्डर र टी-२० का कप्तान कार्लोस ब्रेथवेटलाई








- एक किलो चियाको मूल्य ३५ हजार !
- नेपाल एयरलाइन्स सुधार्न पब्लिक लिमिटेडमा लैजान सुझाव
- अविरल वर्षाले नेपालगञ्ज डुबानमा
- भक्तपुरका कला–संस्कृति विस्थापित हुने खतरा
- घुस लिएको आरोपमा कार्यकक्षबाटै नायब निरीक्षक पक्राउ
- एनसेल प्रकरण संसद्ले छानबिन गर्नुपर्छ : अध्यक्ष थापा
- भृकुटीण्डपमा स्टक क्लियरेन्स मेला सुरु, सस्तोमा सामान पाइने
- नेपाल एयरलाइन्सले जेष्ठ नागरिकलाई ५० प्रतिशत छुट दिने
- नेपाली डाक्टरद्वारा नर्भिकमा तौल कम गर्ने जटिल शल्यक्रिया
- इटहरीका पोल-पोलमा डोको
सूचना विभाग दर्ता न: ३४२/०७३-७४
सम्पादक
- हुमनाथ पौडेल
खरीबोट टिम
- मिलन भण्डारी
- श्याम गुप्ता
- प्रकाश ओझा
- सरिता सुनुवार
- सकला दवाडी
- प्रविण राउत

- Anamnagar,kathmandu
Kathmandu, Nepal - ०१-५७०६३९५, ९८५१०९४४७६
- kharibotmedia@gmail.com
© 2019 Kharibot Meia Pvt. Ltd.. All Rights Reserved. Website By: i-Tech Nepal | Powered By : Hamro.Cloud